भिसा नवीकरण गर्न फर्जी कागजपत्र पेश गर्ने ४ नेपाली टोकियोबाट पक्राउ – Nepal Press

भिसा नवीकरण गर्न फर्जी कागजपत्र पेश गर्ने ४ नेपाली टोकियोबाट पक्राउ

टोकियो । कामै नगरिरहेको रेष्टुरेन्टमा काम गरिरहेको कागजपत्र पेश गरेर भिसा नवीकरण गरेको भन्दै जापान प्रहरीले ४ जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।

जापानमा सञ्चारमाध्यमहरुले प्रकाशन गरेको समाचारअनुसार ४३ वर्षीय बहादुर भुजेल भन्ने व्यक्तिले झूटा विवरणहरु पेश गरी भिसा नवीकरण गर्ने गरेको भन्दै उनीसहित ४ जनालाई प्रहरीले टोकियोबाट नियन्त्रमा लिएको हो ।

समाचारअनुसार भुजेल भिसा नवीकरणसम्बन्धी कागजपत्र तयार गर्ने व्यक्ति र अरु भिसा नवीकरण गर्नेहरु हुन् । भुजेलले अघिल्लो वर्षमात्रै १०० जनाभन्दा बढीको यसरी नै झूटा कागजपत्र पेश गरी भिसा नवीकरणलगायतका काम गरेको समाचारमा उल्लेख छ ।

उनले यो कार्य गरेवापत प्रतिव्यक्ति २ लाख लिने गरेको र यस्तै अवैध ढंगले २ करोडभन्दा बढी आम्दानी गरेको भन्दै दोहोरो छानबिन भैरहेको प्रहरीले जनाएको छ । फर्जी कागजपत्र पेश गरेको र कर छली गरेको विषयमा गहिरो छानबिन हुने समाचारमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर