अश्लील सामग्री प्रकाशन गर्ने जनता टाइम्सका सम्पादकलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण – Nepal Press

अश्लील सामग्री प्रकाशन गर्ने जनता टाइम्सका सम्पादकलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं । पटक–पटक अश्लील सामग्री प्रकाशन गरेको जनता टाइम्स डटकमलाई नेपाल प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ । उक्त अनलाइनका सञ्चालक तथा सम्पादक गणेश बस्नेतलाई ती सामग्रीहरु हटाउन निर्देशनका साथै २४ घन्टे स्पष्टीकरण सोधिएको हो ।

उक्त अनलाइनमा गत असार ३० गते ‘कामुक यौनकथाः एक वर्षपछिको त्यो रंगीन रात’ शीर्षकको सामग्री प्रकाशित भएको थियो । त्यसको भोलिपल्ट ‘त्यसपछि खोल छेवैको रुखको छहारीमा तिर्खा मेटियो’ शीर्षकको अर्को सामग्री प्रकाशित भएको पाइएको छ ।

यस्तै असार २८ गते ‘सेक्ससम्बन्धी रोचक जानकारी जुन कुराले तपाईं अचम्भित हुनुहुनेछ’ शीर्षकमा र असार ३२ गते ‘किन यौन गरेपछि अर्कोचोटि गर्न मन लाग्छ शीर्षक’ मा लगातार पोर्न कन्टेन्टहरु प्रकाशित गरिएका छन् ।

काउन्सिलको पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले अश्लील सामग्रीको उत्पादन, प्रकाशन, प्रशारण तथा वितरण गर्न पाइँदैन । काउन्सिलले कामुक यौनकथा र खोल्सा छेउ तिर्खा मेटियो शीर्षकका सामग्रीहरु तत्काल हटाउन र क्षमायाचना गर्न बस्नेतलाई निर्देशन दिएको छ ।

ती सामग्रीहरु सामाजिक सञ्जालबाट समेत हटाइ काउन्सिललाई जानकारी गराउन भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर