फेसबुक र गुगलले मिडियालाई समाचार सामग्रीको भुक्तानी दिनुपर्ने कानून बनाउँदै भारत – Nepal Press

फेसबुक र गुगलले मिडियालाई समाचार सामग्रीको भुक्तानी दिनुपर्ने कानून बनाउँदै भारत

काठमाडौं । अस्ट्रेलिया, क्यानडा र फ्रान्सपछि भारतले पनि फेसबुक, गुगललगायतका कम्पनीहरुले आफ्नो ‘प्ल्याटफर्म’ मा समाचार सामग्री सार्वजनिक गरेवापत न्युज मिडियाहरुलाई पैसा भुक्तानी गर्नुपर्ने कानून निर्माणको तयारी गरेको छ ।

हालसम्म भारतमा सामग्री प्रदायक कम्पनीहरुलाई नाफाको निष्पक्ष साझेदारी हुनसक्ने कुनै प्रावधान छैन । नयाँ कानून आएपछि गुगल र फेसबुकजस्ता कम्पनीहरूले डिजिटल प्रकाशकहरूसँग नाफा बाँडफाँट गर्नुपर्नेछ ।

टेक कम्पनीहरुले मिडिया हाउसहरूबाट समाचार सामग्रीहरू राखेर राजस्व आर्जन गर्दा पनि प्रकाशक र यी कम्पनीहरुबीच आम्दानीलाई निष्पक्ष रूपमा बाँडफाँट गर्ने प्रावधान नभएको कारण यस किसिमको कानून ल्याउन लागिएको जनाइएको छ ।

उक्त कानूनले समाचारको गुणस्तर बढाउने, पत्रकारहरुलाई पर्याप्त अवसर सिर्जना गर्ने, फेक न्युजहरुमा कमी आउनेलगायतका फाइदा पुग्ने भारतीय मिडियाहरुले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *