देशका विभिन्न स्थानमा ३ वटा शव फेला – Nepal Press

देशका विभिन्न स्थानमा ३ वटा शव फेला

काठमाडौं । देशका विभिन्न  स्थानमा ३ वटा शव फेला परेका छन् ।  काठमाडौं, रामेछाप र दाङका विभिन्न स्थानमा ति शव फेला परेका हुन् । काठमाडौंकाे शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदी जंगलमा सडीगलेको अवस्थामा रहेको मानव कंकाल सोमबार फेला परेको छ ।

रामेछाप, उमाकुण्ड गाउँपालिका–७ भुजि चिलाउने बस्ने ५६ वर्षीय ईन्द्रबहादुर सुनुवार सोमबार मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरबाट करिब ३ सय मिटर टाढा काकाचली कप्टि भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

दाङ, राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने ७७ वर्षीय शिवलाल जिसी सोही ठाउँस्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित वडा कार्यालय जान्छु भनी गत असार ३० गते बिहान हिँडेकोमा घर नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *