नवविवाहिता जोडीको अनौठो प्रतिज्ञा, महिनामा एउटामात्रै ‘पिज्जा’ खाने लिखित सम्झौता – Nepal Press

नवविवाहिता जोडीको अनौठो प्रतिज्ञा, महिनामा एउटामात्रै ‘पिज्जा’ खाने लिखित सम्झौता

काठमाडौं । सामान्यतया नवविवाहिता जोडीले के-कस्ता कुराको प्रतिज्ञा गर्ला ? सुखदुःखमा सधैं एक-अर्कालाई साथ दिने, भावना र मर्मलाई बुझ्न प्रयास गर्ने, सम्मान गर्ने र कुरा नलुकाउने आदि ।

तर, भारतको आसामका एक नवविवाहिता जोडीले भने आफ्नो विवाहमा एउटा अनौठो लिखित सम्झौता गरेको छ । जसका कारण उनीहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

उनीहरुले गरेको अनौठो सम्झौता हो, महिनामा एउटामात्रै ‘पिज्जा’ खाने । उनीहरुले उक्त सम्झौतामा हस्ताक्षर गर्दै गरेको भिडिओ सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन् । त्यसपछि उनीहरु एकाएक भाइरल भएका हुन् ।

उक्त भिडिओ चार करोड ५० लाख पटक हेरिएको छ । २४ वर्षीय दुलही शान्ति प्रसादलाई पिज्जा अत्यन्तै मनपर्ने भएकाले उक्त सम्झौता गरिएको बताइएको छ ।

सन् २०१८ देखि प्रेम सम्बन्धमा रहेका शान्ति र मिन्टुले हरेक ‘डेट’ मा पिज्जा नै खाने गरेको मिडिया रिपोर्टमा उल्लेख छ । जतिबेला पनि पिज्जामात्रै खाने भनेपछि मिन्टुले बेला-बेलामा जतिवेलै पिज्जा खुवाउन नसक्ने गुनासोसमेत गर्दै आएका थिए ।

यो लिखित सम्झौता गर्ने ‘आइडिया’ पनि उनैको हो । तर, यस सम्झौता धेरै दिनसम्म नटिक्ने मिन्टु आफै बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर