कीर्तिनिधि र आफू सत्ताच्युत हुनुपरेको सम्झिँदै ओलीले भने- देशभक्तलाई यहाँ टिक्न दिइँदैन (भिडिओ) – Nepal Press

कीर्तिनिधि र आफू सत्ताच्युत हुनुपरेको सम्झिँदै ओलीले भने- देशभक्तलाई यहाँ टिक्न दिइँदैन (भिडिओ)

भारतीय १७ चेकपोष्ट हटाएपछि कीर्तिनिधि हटे, चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई हटाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् ।

उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको दावी गरे ।

नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा नेपालको भूराजनीतिक चुनौतीका बारेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्था आएको टिप्पणी गरे । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको आरोप ओलीले लगाए ।

उनले भने, ‘चुच्चे नक्सा छापेपछि यसमा सौदाबाजी हुन्छ र त्यसका विरुद्ध एकजुट हुन्छन् । अपवित्र साँठगाँठ हुन्छ भन्ने थाहा थियो । त्यो थाहा भएरै गरेको हो । चीनतिरबाट नाका खोलेबापत पहिलोपटक चीनबाट म फर्केलगत्तै हट्नुपरेको होइन ? १७ वटा चेकपोष्ट हटाएबापत कीर्तिनिधिले छाड्नपरेको थियो । उत्तरतिर नाका खोलेबापत, चुच्चे नक्सा छापेबापत मैले सत्ताबाट हट्नुपरेको हो ।’

ओलीले देशभक्ति र राष्ट्रिय हितको पक्षमा बोल्नेहरुलाई हटाउन सौदाबाजी हुने गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर