शोभा त्रिपाठीको तीज गीत ‘बादलु लाएर डम्मै बरिलै’ सार्वजनिक (भिडिओसहित) – Nepal Press

शोभा त्रिपाठीको तीज गीत ‘बादलु लाएर डम्मै बरिलै’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । लोक गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठीको नयाँ तीज गीत ‘बादलु लाएर डम्मै बरिलै’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्दमा उनले यसपटक नेपाली लोक गायनमा सर्वाधिक रुचाइएका चर्चित लोकदोहोरी गायक राजु परियारको साथ पाएकी छिन् ।

गीतको कोरसमा गायिका पुष्पा बोहोरा र स्मृती शाहीले साथ दिएकी छन् । श्यामश्वेत रसाईलीले सम्पादन गरेको म्यूजिक भिडिओको निर्देशन मौसम हिमावलीले गरेका हुन् भने सहायक निर्देशकको भूमिका विजय मगरले गरेका हुन् ।

गीतमा लय महेन्द्र भण्डारीले सिर्जना गरेका छन् । शोभाको नयाँ गीतको शब्दमा तीज पर्व र तीज गीतको सौन्दर्य र सामथ्र्य दुवै समेटिएको छ । गीतमा पश्चिम नेपालको मौलिक लोकलय समेटिएको छ । गीतको शब्द र भावलाई जीवन्त बनाउने नृत्य पनि शोभाले नै गरकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *