हेटाैंडाका पत्रकार विष्टले ल्याए ‘छेलिएका अनुहार’ – Nepal Press

हेटाैंडाका पत्रकार विष्टले ल्याए ‘छेलिएका अनुहार’

हेटौंडा । मकवानपुरबाट ४ दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ को आज हेटौंडामा विमोचन गरिएको छ ।

चेपाङ, बनकरिया तथा गाडी बोक्नेहरुको विषयमा आएका समाचारहरुको संग्रहलाई प्रस्तुत गरिएको पुस्तकको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मीनाकुमारी लामा, सन्तोषी बनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, वरिष्ठ साहित्यकार तुल्सी थापाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

बनकरिया र चेपाङ पत्रकार भनेर चिनिने विष्टले २०४९ साल फागुन १३ गतेदेखि निरन्तर कान्तिपुर दैनिकमा चेपाङ समुदायको र २०५२ सालबाट बनरिया जातिको समाचार लेख्दै आएका छन् ।

बनकरिया र चेपाङ समुदायको विषयमा खोज तथा अनुसन्धान गरेको भन्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *