भजनीमा हावाहुरीको बितण्डा: तीन दर्जन बढी घरमा क्षति (फोटो फिचर) – Nepal Press

भजनीमा हावाहुरीको बितण्डा: तीन दर्जन बढी घरमा क्षति (फोटो फिचर)

कैलाली । गएराति आएको भीषण हावाहुरीले भजनीमा तीन दर्जन बढी घरमा क्षति पु¥याएको छ । यहाँको वडा नम्बर ९ मा सबैभन्दा धेरै क्षति भएको छ । हावाहुरीले वडा नं ९ को ओखरपुर, बेलकोदुवा, पहलवान टोल र भ्वा टोलका घरहरूमा क्षति पुर्‍याएको हो ।

त्यस्तै वडा नं ४ कुँडीमा पनि हावाहुरीले क्षति पुर्‍याएको स्थानीय खडक बुढाले जानकारी दिए । यहाँ बिजुलीका पोलहरू, रुखहरू पनि घरमा खसेका छन् । मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

बर्खाको समयमा हावाहुरीले छत उडाइदिएपछि भएको खाद्यान्न र लत्ताकपडाहरू पनि नष्ट गर्ने चिन्ता स्थानीयमा छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर