धनाढ्य नै किन ताक्छन् सेलिब्रेटी ? – Nepal Press

धनाढ्य नै किन ताक्छन् सेलिब्रेटी ?

नयाँ दिल्ली । आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले बिहीबार अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्ध खुलासा गरेपछि सामाजिक सञ्जालमा हेडलाइन नै बनेका छन् । ललितले सुस्मितासँग छिट्टै विवाह गर्ने ट्वीटमार्फत घोषणा पनि गरेका छन् । यो घोषणाले सबैलाई चकित मात्रै बनाएन, सामाजिक सञ्जालमा सुस्मिता सेन र ललित मोदीको चर्चा चुलियो ।

अधिकांश नायिकाहरु धनी केटाहरुसँग डेट गरेर चर्चामा आएका छन् । यो सूचीमा सोनम कपूर, आसिन, जुही चावला र सेलिना जेट्लीलगायत अभिनेत्रीको नाम पनि परेको छ । यी हुन् धनी व्यक्तिसँग डेटिङ वा विवाह गरेर चर्चामा आएका अभिनेत्रीहरू:

सोनम कपूर

सोनम कपूरले लामो समय डेट गरेर प्रेमी आनन्द आहुजासँग ८ मे २०१८ मा विवाह गरेकी थिइन् । आनन्द व्यवसायी हुन् । उनको सम्पत्ति करिब ४ हजार ७३३ करोड भारु रहेको छ । उनको घरको मूल्य १७३ करोड भारु पर्छ । सोनम अहिले गर्भवती छिन् र दुवै बच्चाको प्रतीक्षामा छन् ।

रानी मुखर्जी

रानी मुखर्जीले सन् २०१४ अप्रिल २१ मा फिल्म निर्माता आदित्य चोपडासँग विवाह गरेकी थिइन् । दुबैको एक छोरी आदिरा छिन् । जसको जन्म सन् २०१५ डिसेम्बर ९ मा भएको थियो । आदित्यको सम्पत्ति करिब ६ हजार ३५० करोड भारु रहेको छ ।

शिल्पा शेट्टी कुन्द्रा

शिल्पा शेट्टीले सन् २००९ नोभेम्बर २२ मा बेलायती व्यापारी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । राज धेरै व्यवसायका मालिक हुन् । उनले आईपीएल टीम पनि किनेका छन् । राज र शिल्पाका दुई सन्तान वियानराज कुन्द्रा र समिशा शेट्टी कुन्द्रा छन् । राज लगभग ४ हजार करोड भारु सम्पत्तिका मालिक हुन् ।

असिन थोट्टुम्कल

गजनी फेम असिन थोट्टुम्कलले सन् २०१६ जनवरी १९ मा माइक्रोम्याक्सका सह–संस्थापक राहुल शर्मासँग विवाह गरेकी थिइन् । दुवैको एक छोरी छिन् । राहुलको सम्पत्ति करिब एकहजार ४६० करोड भारु रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *