कथित फेमिनिस्टका कलआउट धन्धा- सर्भाइभरका नाममा हर्कत गन्धा – Nepal Press

कथित फेमिनिस्टका कलआउट धन्धा- सर्भाइभरका नाममा हर्कत गन्धा

जात-जातका फेमिनिस्ट, थरिथरिका सर्भाइभर

पछिल्लो समय नेपालको महिलावादी वृत्तभित्र अत्यधिक प्रचलनमा रहेको एउटा अंग्रेजी शब्द हो– ‘सर्भाइभर’ । मानव बेचबिखन प्रभावित वा घरेलु हिंसा तथा आधुनिक दासताविरुद्धका अभियन्ताले प्रयोग गर्ने सर्भाइभर शब्द पछिल्लो समय उच्च घरानियाँ र अराजक समूहको कब्जामा गएको छ ।

सामान्य अर्थमा सर्भाइभर भन्नाले धेरै जनाको ज्यान जाने गरी भएको ठूलो दुर्घटनाबाट बाँच्न सफल व्यक्तिलाई बुझिन्छ । तर, यो शब्दको बहुआयामिक प्रयोग हुने गरेको छ । कुनै भयानक यौन हिंसाको घटनाबाट बाँचेका महिलाहरुलाई पनि सर्भाइभर भन्ने गरिन्छ ।

तर, पछिल्लो समय नेपालमा सर्भाइभर शब्दले आफ्नो महत्व र वजन गुमाउँदै गएको छ । कुनै पुरुषले झुक्किएर कम्मरमा छोयो भने पनि ती महिला सर्भाइभर कहलाउँछिन् । नपत्याए केही ताजा उदाहरण हेर्नुस्ः

एउटा फेमिनिस्ट समूहका मेम्बरहरु सँगै बसेर टुच्च दिँदै नेपालमा महिला आन्दोलनलाई कसरी उचाइमा पुर्‍याउने भन्ने बहसमा मग्न थिए । उनीहरुले एक-एक सिप गाँजा पनि ताने । सबैको मुड रमरमाउँदो थियो ।

तर, माहोल तब भाँडियो, जब रक्सीले टिल भएकी एक फेमिनिस्टले अर्की फेमिनिस्टको ब्वाइफ्रेन्डलाई अचानक किस गरिदिइन् । ‘आई लाइक योर ब्वाइफ्रेन्ड’ भन्दै गालामा दह्रोसँग किस खाइदिएपछि दुई फेमिनिस्टबीच पाखुरा सुर्कासुर्की भयो । दोस्री फेमिनिस्टले आफूलाई ‘सर्भाइभर’ र साथीलाई ‘पीडक’ को दर्जा दिइन् र उनको न्यायको लडाइँ आरम्भ भयो ।

माहोल तब भाँडियो, जब रक्सीले टिल भएकी एक फेमिनिस्टले अर्की फेमिनिस्टको ब्वाइफ्रेन्डलाई अचानक किस गरिदिइन् । ‘आई लाइक योर ब्वाइफ्रेन्ड’ भन्दै गालामा दह्रोसँग किस खाइदिएपछि दुई फेमिनिस्टबीच पाखुरा सुर्कासुर्की भयो । दोस्री फेमिनिस्टले आफूलाई ‘सर्भाइभर’ र साथीलाई ‘पीडक’ को दर्जा दिइन् र उनको न्यायको लडाइँ आरम्भ भयो ।

यो केसको वृतान्त माइतीघरबाट सिंहदरबार थर्किने गरी नारा लगाउने फेमिनिस्ट ग्रुपसम्म पुग्यो । उक्त समूहमा तर्क, बितर्क भए । को सही र को गलत भनेर घाघडान बहस भए ।

ज्यादाजसो हुलहुज्जत गरेर हाइना प्रवृत्तिमार्फत् न्यायको पक्षधरता देखाउने समूह यही काण्डपछि विभाजनको रेखामा पुगेको सोही समूहका एक सदस्यले बताएका छन् । एक समूहले किस खाने फेमिनिस्टको पक्षपोषण गर्‍यो भने अर्को समूह ‘सर्भाइभर’ को पक्षमा लाग्यो । यी दुई समूहबीचको वैरभाव अहिलेसम्म मेटिएको छैन ।

अर्को घटना :

हालसालै फेमिनिस्टहरुको एक समूह खोकनातिर घुम्न जाँदै थियो । त्यहाँ लोकल ‘छ्याङ’ पिउँदै महिला मुक्ति आन्दोलनबारे उनीहरुको लामो विमर्श भयो ।

उक्त जमघटपछि सबैजना घरतिर फिरे । फिर्दै गर्दा हुलमुलमा एकजना पुरुष फेमिनिस्टले झुक्किएर वा जानाजान महिला फेमिनिस्टको काँधमा हात राख्न पुगेछन् । महिला फेमिनिस्ट ‘ममाथि ब्याड टच भयो’ भन्दै बुरुक्क उफ्रिइन् । आफूलाई ‘सर्भाइभर’ घोषित गर्दै उनले न्याय माग्न थालिन् ।

त्यसपछि त ‘छ्याङ’ को नशामा डुबेका फेमिनिस्टहरुको नशा तुरुन्त उत्रियो । छेवैको चौरमा बैठक सुरु भयो । अनुभवी समूहले मध्यस्थता गरिदियो भने सर्भाइभर र उत्पीडकबीच छलफल भयो । पीडक करार गरिएकाले माफीनामा मागे । तर, ती सर्भाइभरले आफूले न्याय महसुस नगरेको बताइन् ।

निरन्तर बन्द कोठामा बैठक भइरह्यो । पीडक करार गरिएकाले दर्जनपटक माफी मागे । तर, आफूलाई न्याय अनुभूत नभएको भन्दै तर कानुनी झमेलाबाट पनि पन्छिँदै फेमिनिस्ट उक्त समूहबाट आउट भइन् ।

पीडक भनिएका व्यक्ति पढाइ सकाएर विदेश जाने तयारीमा थिए । सामाजिक जीवनप्रति उस्तो चासो राख्ने खालका थिएनन् ।

निरन्तर बन्द कोठामा बैठक भइरह्यो । पीडक करार गरिएकाले दर्जनपटक माफी मागे । तर, आफूलाई न्याय अनुभूत नभएको भन्दै तर कानुनी झमेलाबाट पनि पन्छिँदै फेमिनिस्ट उक्त समूहबाट आउट भइन् । उनको उक्त समूहसँग मित्रतामात्र तोडिएन, बोलचालै बन्द भयो । उनी अहिले त्यही समूहमाथि संगीत-सरिता प्रकरणलाई लिएर हमलामा उत्रिरहेकी छन् ।

नेपालमा पछिल्लो समय सबैभन्दा फस्टाएको कुनै पेशा छ भन्यो त्यो फेमिनिज्म नै हो । सबै फेमिनिस्टलाई एउटै डालोमा हाल्न मिल्दैन । तर, नयाँ पुस्ताका केही फेमिनिस्टहरु यस्ता छन्, जसको एकमात्र ध्याउन्न भनेको आफूलाई मन नपरेका पुरुषलाई कसरी पासोमा पार्ने भन्ने हो । उनीहरुले फेमिनिज्म शब्दकै धज्जी उडाइरहेका छन् । उनीहरु यति धेरै उग्र र कुण्ठाले भरिएका छन् कि हरेक पुरुषलाई रेपिस्टको दर्जा दिन्छन् । आफ्नै बुवालाई ‘आमाको बलात्कारी’ देख्छन् ।

उग्रवादी फेमिनिस्टहरुको पछिल्लो धन्धा पनि थाहा पाउनुस् । ट्विटरमा फेक ह्याण्डलहरु खोल्ने र त्यसबाट सम्मानित व्यक्तिहरुमाथि हिलो छ्याप्ने । यौन उत्पीडक करार गरिदिने । मानिसले वर्षौंको मेहनत, संघर्ष, त्याग र साधनाले निर्माण गरेको इज्जतमाथि धावा बोल्न उनीहरु दुई मिनेट पनि सोच्दैनन् । यी फेमिनिस्टहरु अरुमाथि धावा बोल्दाबोल्दै आफ्नै इज्जत सडकमा पुगिसकेको भने मेसो पाउँदैनन् ।

यी फेमिनिस्टहरुभित्र पनि अहिले अन्तरसंघर्ष सुरु भएको छ । फेमिनिस्टको एउटा गुट अर्कोलाई खुइल्याउन लागिपरेको छ । प्रहरी प्रशासनदेखि न्यायालयसम्म सबैलाई ‘बलात्कारी’को ट्याग भिराउनेहरुले सञ्जालमा कुतर्कहरुको बिस्कुन सुकाइरहेका छन् ।

उनलाई लाग्छ- म त सर्भाइभर हुँ, ममाथि कुनै प्रश्न गरिनु हुँदैन । मैले जे बोलेँ, त्यसलाई शतप्रतिशत सत्य नमान्नेहरु पुरुषवादी हुन् । अधिकांश फेमिनिस्टहरुको भाष्य पनि अहिले यही छ ।

सरिता तिवारीको प्रसंग नजोड्दा यो लेख अपूरो हुनसक्छ । २०७२ सालमा ‘प्रश्नहरुको कारखाना’ कविता संग्रह ल्याएकी सरिताले आफूमाथि कथित दुर्व्यवहार हुँदा एउटा प्रश्न गर्न किन सकिनन्, मान्छेहरुले प्रश्न गरिरहेका छन् । तर, उनलाई लाग्छ- म त सर्भाइभर हुँ, ममाथि कुनै प्रश्न गरिनु हुँदैन । मैले जे बोलेँ, त्यसलाई शतप्रतिशत सत्य नमान्नेहरु पुरुषवादी हुन् । अधिकांश फेमिनिस्टहरुको भाष्य पनि अहिले यही छ । सर्भाइभरले बोलेपछि सकियो, उनलाई प्रश्न सोध्नु भनेको पनि ह्यारेसमेन्ट हो भन्छन् उनीहरु ।

देशको कानूनमा विश्वास छैन उनीहरुलाई । उनीहरुले छाप्ने पर्चा र बोक्ने पम्प्लेटलाई कानून मान्नुपर्ने जस्ता तर्क गर्छन् । न्यायको कुरा गर्नासाथ उनीहरु यो देशका न्यायाधीश बलात्कारी हुन्, पुलिस बलात्कारी हुन्, कानून नै बलात्कारीले बनाएको हो भन्छन् ।

कलआउट धन्धा

फेमिनिस्टहरुले चलाएको अर्को नयाँ ट्रेन्डको बारेमा पनि जान्नुस् । यो डरलाग्दो ट्रेन्ड हो- कलआउट । कपाल मुण्डन गरेकी एक फेमिनिस्टको ब्वाइफ्रेन्डसँग ब्रेकअप भयो । उनका ब्वाइफ्रेन्ड पनि कडा फेमिनिस्ट थिए । सम्बन्धमा आएको दरारपछि दुवै आरोप-प्रत्यारोपमा उत्रिए ।

यसले पनि ‘हाइनावादी’ फेमिनिस्टको समूहमा विभाजन खडा गरिदियो । त्यसको पराकम्प अहिले संगीत-सरिता प्रकरणमा प्रकट भएको छ ।

‘कलआउट’का नाममा आतंक सृजना गरिरहेकी ती फेमिनिस्टले करीब २० जना हाराहारी व्यक्तिको सामाजिक प्रतिष्ठामाथि आक्रमण गरिसकेकी छन् । उनी आफैंले खुलेर एकजनालाई आरोप लगाइन् भने अर्का व्यक्तिलाई फेक आईडीबाट ‘गाडीमा चढ्दा ह्वास्स सास गन्हाएको’ भनेर आरोप लगाइन् । भारतीय मिडियाको लेख चोरेर एउटा अनलाइनमा छपाएको आरोप लागेकी ती फेमिनिस्टले आफ्नो निराशा, असफल महत्वाकांक्षाको क्षतिपूर्ति अरुको प्रतिष्ठामाथि बदनियतपूर्ण हमला गरेर लिइरहेकी छन् ।

हालै एक फेक ट्विटर ह्याण्डलबाट कवि श्यामल, नयनराज पाण्डे, बुद्धिसागरजस्ता साहित्यकारमाथि विभिन्न आरोपहरु लगाइए । स्रोतका अनुसार उक्त फेक ह्यान्डल चलाउने फेमिनिस्ट पनि यिनै मुण्डनवाली हुन् । त्यो फेक ह्याण्डल उनैले चलाएको उनी वरिपरिका ४-५ जना साथीभाइलाई थाहा छ ।

मुण्डनवालीजस्ता फेक फेमिनिस्टको फेहरिस्त लामै छ, त्यो विस्तारै खुल्दै जाला । तर, उनीजस्ता फेमिनिस्टहरुले समतामूलक समाज र महिला हिंसाविरुद्धको लडाइँलाई बलियो होइन कमजोर बनाइरहेका छन् ।

‘योर टाइम्स अप नाउ’नामबाट एलर्ट अलर्ट (अंग्रेजीमा..अल्ट अल्ट) यो आईडीबाट गरिएका चरिहत्याका थ्रेडहरुमा नाम चलेका फेमिनिस्टहरुलाई मेन्सन गरिएको छ । त्यसमा कतिपय उनीजस्तै ‘हनी ट्र्याप’मा पार्न अभ्यस्त फेमिनिस्टहरु पनि छन् ।

यदि उक्त फेक ह्याण्डलमाथि उजुरी दिने हो भने तिनले कहाँबाट ट्वीट गरिरहेकी छन्, कुन मोबाइलबाट गरिरहेकी छन् र उनी कुन ठाउँमा छिन् पत्ता लगाउन समय लाग्दैन ।

अहिले तिनै फेमिनिस्ट अर्का एक प्रबुद्ध व्यक्तिमाथि ‘म्युचुअल अन्डरस्टान्डिङ’ मा बिताएको एक समयको आधारमा हमला गर्ने तयारीमा रहेको उनकै साथीभाइबीच गाइँगुइँ चलिरहेको छ ।

मुण्डनवालीजस्ता फेक फेमिनिस्टको फेहरिस्त लामै छ, त्यो विस्तारै खुल्दै जाला । तर, उनीजस्ता फेमिनिस्टहरुले समतामूलक समाज र महिला हिंसाविरुद्धको लडाइँलाई बलियो होइन कमजोर बनाइरहेका छन् । वास्तविक पीडितहरु ओझेलमा पर्ने वा उनीहरुलाई विश्वास नगरिने खतरा बढ्दो छ ।

ओखलढुंगा जिल्लाको एक गाउँमा एक दलित महिलामाथि थुप्रैले ‘सय-पचास’ दिएर बलात्कार गरेको हल्ला चल्यो । कालान्तरमा उनी गर्भवती भइन् । गत वर्ष केस प्रहरीकहाँ पुग्यो । बच्चा कसको हो ? ती दलित महिलाले गाउँका शिक्षकदेखि नेतासम्म बाउदेखि छोरासम्म २२ जनाभन्दा बढीको नाम लिइन् ।

शहरमा झुक्किएर कुहिनोले छोएको निहुँमा बितण्डा मच्चाउने नक्कली ‘सर्भाइभर’हरुले मिडियामा स्पेस पाउँछन् । उनीहरुको न्यायका लागि माइतीघरमा नारा लाग्छ । एकाएक ट्विटरमा ओरिजिनलले नपुगेर फेक ह्याण्डलको बाढी लाग्छ । बालुवाटार घेराउ हुन्छ ।

त्यसपछि ‘योभन्दा बढी नाम नलिनू’ भनेर तिनै मान्छेहरुले गाउँकै एक सोझा राईलाई खडा गराए । ती राई अहिले जेलमा छन् भने ती दलित महिला अहिले त्यही गाउँमा छिःछि र दुरदुरको शिकार भएर बाँचिरहेकी छन् ।

यता शहरमा झुक्किएर कुहिनोले छोएको निहुँमा बितण्डा मच्चाउने नक्कली ‘सर्भाइभर’हरुले मिडियामा स्पेस पाउँछन् । उनीहरुको न्यायका लागि माइतीघरमा नारा लाग्छ । एकाएक ट्विटरमा ओरिजिनलले नपुगेर फेक ह्याण्डलको बाढी लाग्छ । बालुवाटार घेराउ हुन्छ । तर, दूरदराजमा कैयौंबाट बलात्कृत महिलाहरु न्यायको ढोकासम्म पनि पुग्न सक्दैनन् । न सञ्चारमाध्यमसम्म उनीहरुको पहुँच हुन्छ ।

नक्कली सर्भाइभर हो भन्ने जान्दाजान्दै पनि फोहोर चलाएर छिटा आउँछ भनेर प्रबुद्धहरु कि मौन बस्छन् कि त सोसाइटीमा पर्न आई एम विथ फलानी भनेर एउटा ट्वीट ह्यासट्याग चलाइदिएर आफ्नो कोटा चुक्ता गर्दै झमेलाबाट बच्न खोज्छन् ।

नियतवश कलआउटको धन्धा चलाएर फेक आईडीबाट दुईचार लाइन स्टाटस लेख्दै सामाजिक व्यक्तिमाथि हमला गर्नेहरु नेपालको महिलावादी आन्दोलनका ऐंजेरुको रुपमा प्रकट भएका छन् । यिनीहरुलाई उखेलेर नफालेसम्म नेपालको महिला आन्दोलनको शुद्धीकरण सम्भव छैन ।

अहिले सञ्जालमा चलिरहेको ‘क्यान्सिल कल्चर’ले भन्छ, ‘कसैलाई सार्वजनिक जीवनबाट खारेज त्यसले मात्र गरिदिन सक्छ, जसले त्यस्तो सामथ्र्य राख्छ । शक्तिको छत्रछायाँमा रहेकाहरुसँग मात्रै खारेज गर्नसक्ने आत्मविश्वास र परिस्थिति हुन्छ । त्यस्ता महिलाले अपराध सिवाय केही गरिरहेको देखिँदैन । चरम अवसरविहीनताबाट गुज्रिरहेका र उल्टै आफैंमाथिका उत्पीडकसँग आर्थिक, सामाजिक–सांस्कृतिक निर्भरतामा रहेका महिलाले खारेज गर्नसक्ने ल्याकत राख्दैनन् ।’

मागे जति दिने भए ठीक छ, नत्र मिडियामा जान्छौं भनेर धम्क्याउने धन्धा पनि अहिले फेमिनिजमका नाममा चलिरहेको छ र यसको शिकार एकपटक तत्कालीन सभामुख कृष्णबहादुर महरासमेत भएका थिए भने अरुको हालत के होला ?

त्यस्ता महिलालाई संगठित गरेर आवाज बुलन्द पार्नुको साटो एनोनेमस ट्विटर र फेसबुक ह्याण्डल बनाएर आफूसँग प्रतिस्पर्धा गरिरहेकाहरुलाई कतै कथित पीडकसँग सहकार्य गरिरहेको, भेटेको, हात मिलाएको जस्ता घटनामा कसैलाई खारेज गर्ने दुष्प्रयास गर्नु परपीडक र अनैतिक मनोवृत्तिबाट ग्रस्त हुनु हो । पीडक संरक्षक अथवा इनेब्लर्स भनेर घृणा गर्ने काम अरुलाई दुःख दिएर रमाउने मनोरोग हो ।

यस्तै विरादरीका र रातारात हिट हुन खोजिरहेका कतिपय फेमिनिस्ट र अभियन्ताले पीडित (सर्भाइभर)लाई बोकेर उनीहरुकै नाममा पीडकसँग रकम बार्गेनिङ गर्ने गरेका घटना पनि विस्तारै आउन थालेका छन् । युट्युबर बोकेर प्रतिष्ठित व्यक्तिका घरमा जाने र टोलछिमेकमा बदनाम गराउने यही समूहको सहउत्पादन हो ।

मागे जति दिने भए ठीक छ, नत्र मिडियामा जान्छौं भनेर धम्क्याउने धन्धा पनि अहिले फेमिनिजमका नाममा चलिरहेको छ र यसको शिकार एकपटक तत्कालीन सभामुख कृष्णबहादुर महरासमेत भएका थिए भने अरुको हालत के होला ?

पुरुषद्वैषी विचार प्रवाह गरिरहेका यस्ता कथित फेमिनिस्टहरुका कारण अहिलेको अवस्थामा उत्पीडन र अन्यायमाथिका प्रश्नको औचित्य गुमाइसकेको अवस्था छ । उनीहरुको आपराधिक मानसिकताका कारण उनीहरुले विगतमा गरेका तमाम प्रश्नहरु नै खारेज भइसकेका छन् । प्रश्नको इज्जत र गरिमालाई भुलेर नियतवश हमलामा उत्रिनेहरुले भोलिका दिनमा आउने ज्वालन्त प्रश्नहरुमाथि पनि सन्देह गर्नुपर्ने अवस्था निम्त्याइदिएका छन् । आफैं सीसाको घरमा बसेर ढुंगा हान्नेहरुले माइतीघरमा डुक्रिने भ्यालिडिटी पनि गुमाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *