महिला यूरो २०२२ः अस्ट्रिया क्वार्टरफाइनलमा, नर्थन आयरल्यान्ड र नर्वे बाहिरिए – Nepal Press

महिला यूरो २०२२ः अस्ट्रिया क्वार्टरफाइनलमा, नर्थन आयरल्यान्ड र नर्वे बाहिरिए

काठमाडौं । समूह चरणको अन्तिम खेलमा नर्वेलाई १–० गोलको नतिजामा पराजित गर्दै अस्ट्रिया महिला युरो २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

शुक्रबार राति फ्लामर स्टेडियममा सम्पन्न खेलमा नर्वेलाई हराएसँगै समूह‘ए’ को उपविजेताको हैसियतले अस्ट्रिया क्वार्टरफाइनल प्रवेश गरेको हो ।अस्ट्रियाका लागि निकोले बिल्लाले ३७औं मिनेटमा गरेको गोल नर्वेविरुद्धको जितका लागि पर्याप्त बन्यो ।

यस्तै, समूह‘ए’ को अर्को खेलमा इङल्यान्डसँग ५–० गोलको नतिजामा पराजित हुँदै नर्थन आयरल्यान्ड जितविहिन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

इङल्यान्ड सत प्रतिशत जित निकाल्दै शिर्ष स्थानमा रहेर एक खेल अघिनै क्वार्टरफाइनल पुगिसकेको छ ।इङल्यान्डले पहिलो खेलमा अस्ट्रियालाई १–० गोलको नतिजामा पराजित गरेको थियो । भने दोस्रो खेलमा नर्वेविरुद्ध ८–० को नतिजामा कीर्तिमानी जित निकालेको थियो ।

लगातार तीन जित निकालेको इङल्यान्ड ९ अंकसहित शिर्ष स्थानमा छ । दुई जित र एक हारको नतिजासहित ६ अंक जोडेको अस्ट्रिया दोस्रो स्थानमा छ ।

नर्वे एक जित र नर्थन आयरल्यान्ड जितविहिन रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *