भक्तपुरका १५७ जना स्काउटरले पाए कोभिड १९ पदक – Nepal Press

भक्तपुरका १५७ जना स्काउटरले पाए कोभिड १९ पदक

काठमाडौं । भक्तपुरका १५७ जना स्काउटरले कोभिड १९ पदक पाएका छन् । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रण अभियानमा स्वयंसेवकको रुपमा परिचालित १५७ जना स्काउटरलाई कोभिड १९ पदक वितरण गरेको हो ।

कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश संयोजक शिवराम अर्यालले दैवीप्रकोप सांस्कृतिक अभियान जस्ता मानवीय समस्याको बेलामा पनि स्काउट अग्रपंक्तिमा रहँदै आएको बताए । उनले बालबालिकालाई मनोरञ्जनात्मक, सृजनात्मक र साहसिक कार्य गर्न हौस्याउनुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका सल्लाहकार रामगोपाल कर्माचार्यले भक्तपरको स्काउटिङ इतिहासमा सदैव राष्ट्रियस्तरमै अग्रपंक्तिमा रहँदै आएको स्पष्ट पारे ।

कार्यक्रममा नेपाल स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको कार्यालयमा शौचालय व्यवस्थापन गर्न लायन्स क्लब अफ न्यातापोल भक्तपुरले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष राजेन्द्रभुषण खयरगोलीले स्थानीय स्काउट कार्यालयका संयोजक कृष्णसुन्दर प्रजापतिलाई उक्त रकमको चेक हस्तान्तर गरेका हुन् ।

कार्यक्रमान कार्यक्रम संयोजक बागमती प्रदेशका सदस्य अच्युत प्रजापति, स्थानीय स्काउट भक्तपुर नगरपालिकाका संयोजक कृष्णसुन्दर प्रजापति, स्काउट मास्टर पवनकुमार बल्ललगायतले स्काउट शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *