दिल्ली उड्नुअघि प्रचण्डको प्रष्टोक्ति- मेरो र आरजु देउवाको भारत भ्रमणको मक्सद एउटै होइन – Nepal Press

दिल्ली उड्नुअघि प्रचण्डको प्रष्टोक्ति- मेरो र आरजु देउवाको भारत भ्रमणको मक्सद एउटै होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक र सद्भावना भ्रमण रहेको भन्दै भारतसँगको सम्बन्ध सुधारमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू चीन र भारतलगायत सबै देशसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताए ।

प्रधानमन्त्री पत्नी आरजु देउवाको समेत भारत भ्रमण चलिरहेका बेला गठबन्धनकै अर्का नेता प्रचण्डको भ्रमण आकस्मिक रुपमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएका बेला प्रचण्डले भने यसलाई संयोग बताए ।

उनले भने, ‘उहाँको भ्रमणको उद्देश्य र मेरो भ्रमणको उद्देश्य फरक छ । मक्सद फरक–फरक हो । आजैमात्र प्रधानमन्त्रीसँग मैले सोधेको थिएँ । दिल्लीमा उहाँसँग (आरजु) भेट हुनसक्छ । तर, हाम्रो भ्रमणको मक्सद फरक–फरक छ । सायद उहाँ स्वास्थ्य उपचारलाई जानुभएको होला ।’

याे पनि पढ्नुहाेस् :

बेइजिङलाई दिल्लीको काउन्टर- गठबन्धनको निरन्तरता मुख्य सरोकार !

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर