४७ वर्षीया सुस्मिताको ११ जनासँग अफेयर, को को थिए उनका प्रेमी ? – Nepal Press

४७ वर्षीया सुस्मिताको ११ जनासँग अफेयर, को को थिए उनका प्रेमी ?

नयाँदिल्ली । आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले बिहीबार अभिनेत्री सुस्मिता सेनसँगको आफ्नो सम्बन्ध खुलासा गरेका छन् । उनले सुस्मितासँग छिट्टै विवाह गर्ने घोषणा पनि गरेका छन् । यो खबर बाहिर आएपछि सुस्मिता-ललित सामाजिक सञ्जालमा हेडलाइन नै बनेका छन् ।

ललित सुस्मिताभन्दा ९ वर्ष जेठा छन् । ललित ५६ वर्षका छन् । सुस्मिता ४७ वर्षकी भइन् ।

सुस्मिताले केही महिनाअघि रोहमन शालसँग ब्रेकअप गरेकी थिइन् । रोहमनअघि पनि सुस्मिताको १०-११ जनासँग अफेयर भइसकेको अन्तर्राष्ट्रिय सञ्चरमाध्यमले जनाएको छ ।

विक्रम भट्ट

सुस्मिताको फिल्म निर्देशक विक्रम भट्टसँग अफेयर रहेको खबर बाहिर आएको छ । फिल्म ‘दस्तक’को सुटिङका ​​क्रममा यी दुईको पहिलो भेट भएको र त्यही समयमा दुवैले एकअर्कालाई डेट गर्न थालेको बताइएको छ । विक्रम सुस्मिताभन्दा ७ वर्ष जेठा छन् । रिपोर्टका अनुसार अभिनेत्रीको विक्रमसँग विवाहेत्तर सम्बन्ध थियो, जुन केही समयपछि ब्रेकअप भयो ।

वसीम अक्रम

मिडिया रिपोर्टका अनुसार सुस्मिताको पाकिस्तानी पूर्वक्रिकेटर वसीम अक्रमसँगको अफेयरको खबर पनि बाहिर आएको थियो । दुवैले बिहे गर्न लागेको चर्चा पनि थियो । सुस्मिता पनि अक्रमको शोमा सामेल भएकी थिइन् । दुवैको उमेरमा १० वर्षको अन्तर थियो ।

रणदीप हुड्डा

सुस्मिताको नाम रणदीप हुड्डासँग पनि जोडिएको छ । दुबैले करिब तीन वर्ष एक-अर्कालाई डेट गरेका थिए । दुबैको अफेयरको निकै चर्चा भएको थियो । ब्रेकअपपछि एक अन्तर्वार्तामा रणदीपले सुस्मितासँगको सम्बन्धलाई आफ्नो जीवनको सबैभन्दा बेकार समय भनेका थिए । रणदीप अभिनेत्रीभन्दा एक वर्ष कान्छा छन् ।

इम्तियाज खत्री

सुस्मिता र इम्तियाज खत्रीको प्रेम जीवनको पनि निकै चर्चा भएको थियो । इम्तियाज उमेरमा सुस्मिताभन्दा १४ वर्ष कान्छा छन् । मिडियामा उनीहरुको अफेयरको निकै चर्चा भएको थियो । तर, सुस्मिताले यी खबरमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

बंटी सजदेह

सुस्मिताको नाम उनका पूर्वम्यानेजर बंटी सजदेहसँग पनि जोडिएको छ । बंटी अभिनेत्रीभन्दा करिब २ वर्ष कान्छा छन् । म्यानेजर भएकाले दुवैले यो खबरलाई अफवाह भनेका छन् ।

ऋतिक भासिन

सुस्मिताको नाम रेस्टुरेन्ट मालिक ऋतिक भासिनसँग पनि जोडिएको छ । रिपोर्टका अनुसार ऋतिक अभिनेत्रीभन्दा करिब २ वर्ष कान्छा छन् । दुवैको अफेयर करिब ४ वर्षसम्म चलेको थियो । यसै क्रममा जहीर खान र सागरिका घाटगेको विवाहको रिसेप्शनमा पनि दुबै सँगै थिए । तर, सुस्मिताको यो प्रेम पनि असफल भयो र ब्रेकअप भयो ।

सञ्जय नारङ

अभिनेत्रीको लामो समयदेखि होटल सञ्चालक सञ्जय नारङसँग अफेयर थियो । सुस्मिताले नारङसँगको सम्बन्ध सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा सार्वजनिक गरेकी थिइन् । उनले यो सम्बन्धलाई सुन्दर भनेकी थिइन् । दुवैले बिहे गर्ने खबर पनि आएको थियो । तर, त्यो हुन सकेन र उनीहरु छुट्टिए । रिपोर्टका अनुसार सञ्जय अभिनेत्रीभन्दा ८ वर्ष जेठा छन् ।

मुदस्सर अजिज

निर्देशक मुदस्सर अजीज पनि सुस्मितासँग अफेयर भएकामध्ये एक थिए । सुस्मिताले निर्देशकको रुपमा मुदस्सरको पहिलो फिल्म ‘दुल्हा मिल गया’ मा काम पनि गरेकी थिइन् । जुन फ्लप भएको थियो । मुदस्सर अभिनेत्रीभन्दा ७ वर्ष कान्छा हुन् ।

रोहमन शाल

अभिनेत्रीभन्दा १५ वर्ष कान्छा रोहमन शालसँग पनि सुस्मिता सेनको अफेयर थियो । सुस्मिता ४७ वर्षमा पुग्दा रोहमन ३२ वर्षका भए । गत वर्ष डिसेम्बरमा दुवैको ब्रेकअप भएको थियो । दुवैले एकअर्कालाई साढे दुई वर्ष डेट गरेका थिए । सुस्मिता रोहमनसँग लिभ-इन गर्थिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर