सुनिल थापाको प्रश्न- राप्रपाबाट त्यत्रो पद र हैसियत छाडेर आउँदा के पायौं ? – Nepal Press

सुनिल थापाको प्रश्न- राप्रपाबाट त्यत्रो पद र हैसियत छाडेर आउँदा के पायौं ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवं नेता सुनिल थापाले राप्रपाबाट आएका नेताहरूलाई भूमिकाविहीन बनाइएको गुनासो गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्दै थापाले राप्रपाबाट ठूल्ठूला पद र हैसियत छाडेर आएका साथीहरूलाई जिम्मेवारी नदिएको बताए ।

‘राप्रपाबाट त्यत्रो पद र हैसियत छोडेर धेरै साथीहरू मेरो विश्वासमा आउनुभयो । तर, अहिले उहाँहरूलाई खै भूमिका, भूमिका दिनुपर्दैन ?, थापाको प्रश्न थियो ।

उनले स्थानीय चुनावमा कांग्रेस हार्नुको पछाडि निर्वाचन आयोगलाई दोष देखाए । उम्मेदवार नै नभएका ठाउँमा चुनाव चिन्ह राखेर मतपत्र छापेको भन्दै थापाले भने, ‘नेपाली कांग्रेसले स्थानीय तहमा धेरै सिट जित्थ्यो तर हामीले कही प्राविधिक त्रुटिले हारिउँ, हाम्रो दोष छैन मतपत्र जसरि छापियो त्यो अन्तर्राष्ट्रिय मान्यताविपरीत छ । चुनावमा हार्नुको कारण निर्वाचन आयोगको गतिविधि पनि हो । उमेदवार नै नभएको ठाउँमा पार्टीको चुनाव चिन्ह केका लागि , त्यसकारण हामीले हारेका हौं साथीहरू ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर