नेपालमा फेरि बढ्दै कोरोना संक्रमित – Nepal Press

नेपालमा फेरि बढ्दै कोरोना संक्रमित

काठमाडौं । नेपालमा फेरि कोरोना भाइरस संक्रमित बढ्न थालेको छ । जसअनुसार पछिल्लो २४ घन्टामा २६० जना कोरोना संक्रमित थपिएको हो ।

देशभर गरिएको २ हजार २७ पीसीआर परीक्षणमध्ये २१४ जना र १ हजार ८१७ एन्टीजेन परीक्षण गराएकामध्ये ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण बिहीबार कसैको मृत्यु भएन । पछिल्लो २४ घन्टामा ४८ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार ८५८ जना संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार १७१ जना सक्रिय संक्रमित आइसाोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर