दोहोरो अंकले बढ्यो बजार, २ अर्ब ४१ करोडको कारोबार – Nepal Press

दोहोरो अंकले बढ्यो बजार, २ अर्ब ४१ करोडको कारोबार

काठमाडौं । आज बजार १४.७१ अंकले बढेको छ । बजार ०.७४ प्रतिशतले वृद्धि हुँदा नेप्से परिसूचक २००१.५३ अंकमा पुगेको छ ।

२ अर्ब ४१ करोड १८ लाखभन्दा धेरैको शेयर कारोबार भएको छ । २२० वटा कम्पनीका ६२ लाख १० हजार ९०८ कित्ता शेयर खदिरबिक्री भएको छ ।

एनआईसी एशिया बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । सो बैंकको आज ३० करोड १८ लाखभन्दा धेरै शेयर खरिदबिक्री भएको हो । एआईबीएल प्रगति कोष को ९.९८ प्रतिशत शेयर मूल्यवृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर