श्रीलंकामा नयाँ राष्ट्रपति चयन प्रक्रियाका लागि प्रधानमन्त्रीको अपिल – Nepal Press

श्रीलंकामा नयाँ राष्ट्रपति चयन प्रक्रियाका लागि प्रधानमन्त्रीको अपिल

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका प्रधानमन्त्री रनिल विक्रमसिंघेले सभामुख महिन्दा यापा अबेवर्देनालाई नयाँ राष्ट्रपति चयनको प्रक्रिया थाल्न भनेका छन् ।

राष्ट्रपति पद पक्ष र विपक्षी दल दुवैको सहमतिमा हुनु पर्ने भन्दै उनले यस्तो अपिल गरेको अल्जजिराले जनाएको छ । श्रीलंकाका विपक्षी दलले हिजोदेखि नै रानीलको नियुक्तिमा प्रश्न उठाउँदै आएका थिए । विपक्षी दलका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सजित प्रेमदासले विक्रमासिंघेको नियुक्तिलाई तमासाको संज्ञा दिएका छन् ।

राजीनामा नदीई विदेश भागेका गोटाबायाले नै रनिललाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिएका हुन् । गोटाबायाले राजीनामा नै दिए भने पनि आर्को राष्ट्रपति चयन नहुने बेलासम्म प्रधानमन्त्री नै कार्यवाहक हुनुपर्ने व्यवस्था छ । यस्तो अवस्थामा नयाँ राष्ट्रपति चयनको यो अपिलले श्रीलंकाको राजनैतीक अवस्थामा अन्योलपूर्ण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर