अर्जेन्टिनी डिफेन्डर भित्र्याउन म्यानचेष्टर युनाइटेडको दौड – Nepal Press

अर्जेन्टिनी डिफेन्डर भित्र्याउन म्यानचेष्टर युनाइटेडको दौड

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजलाई भित्र्याउन अन्तिम तयारी गरिरहेको छ ।

२४ वर्षीय अर्जेन्टिनी युवा स्टार खेलाडी हाल नेदरल्यान्डको अजाक्समा अनुबन्ध छन् । युनाइटेड केही दिनदेखि मार्टिनेज भित्र्याउने दौडमा शीर्षस्थानमा छ । आज नै युनाईटेड यो सम्झौतालाई पूर्ण गराउन चाहन्छ ।

यस्तै, युवा स्टार खेलाडीलाई भित्राउन प्रिमियर लिग क्लब आर्सनलसमेत अग्रपंक्तिमा देखिएको छ । मार्टिनेजले अर्जेन्टिनाबाट सात खेल खेलेका छन् ।

सन् २०१९ मा अजाक्समा जोडिएपछि मार्टिनेजले १२० खेल खेलका छन् । युनाइटेड नयाँ म्यानेजर एरिक टेन हाङको अन्डरमा दोस्रो सम्झौता नजिक छ । यस्तै, युनाइटेड क्रिष्टियन एरिक्सेनसँग समेत सम्झौता नजिको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *