एमालेको रणनीति परिवर्तन- विद्या भट्टराई उपसभामुखको उम्मेदवार – Nepal Press

एमालेको रणनीति परिवर्तन- विद्या भट्टराई उपसभामुखको उम्मेदवार

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवार उठाएको हो ।

अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ ।

सांसद भट्टराई कास्कीबाट निर्वाचित हुन् ।

भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *