गठबन्धन विरोधीलाई देउवाको जवाफ- मलाई नजिस्काऊ, विधान संशोधन गरेर फेरि सभापति हुन्छु – Nepal Press

गठबन्धन विरोधीलाई देउवाको जवाफ- मलाई नजिस्काऊ, विधान संशोधन गरेर फेरि सभापति हुन्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्ने नेताहरूलाई हप्काउँदै हिम्मत भए एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

आफूलाई जिस्क्याउने हो भने विधान संशोधन गरेर तेस्रो पटक सभापति उम्मेदवार बन्ने चेतावनी समेत देउवाले दिएका छन् ।

केन्द्रीय कार्य समितिको बुधवारको बैठकमा सञ्जय गौतम, रामशरण महत लगायतका नेताहरूले गठबन्धनले कांग्रेस कमजोर हुने तर्क गरेपछि सभापति देउवा आक्रोश र व्यङ्ग्य मिश्रित भावमा प्रस्तुत भएका थिए ।

गठबन्धनले चुनाव जितिएला तर कांग्रेस भने हार्ने भयो भन्ने केन्द्रीय सदस्य सञ्जय गौतमलाई तत्काल जवाफ फर्काउँदै देउवाले यस्तै हो भने आफू विधान संशोधन गरेर फेरि सभापति बन्नुपर्ने अवस्था आउन सक्ने बताए ।

देउवाले भने– मलाई धेरै नजिस्काउनुस् । गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु ।

देउवाले गठबन्धनकै कारण चुनाव जितिएको भन्दै विपक्षमा बोल्नेहरूलाई एक्लै जितेर देखाउन चुनौती दिए । बैठकमा रामशरण महतले पनि कमजोर ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने बताएका थिए ।


प्रतिक्रिया

One thought on “गठबन्धन विरोधीलाई देउवाको जवाफ- मलाई नजिस्काऊ, विधान संशोधन गरेर फेरि सभापति हुन्छु

  1. यी मनुवामा तानाशाही प्रवृत्ति छ । पद नपाएकाले पार्टी फुटाउने हुन् यी । आफूले नपाउने भए राजालाई बुझाउने हुन् यी । अहिले पनि सभापति आफ्नाे हनुमान नभए छाेडदैनन् । विधान संशाेधन गरेर फेरि खान्छन् ।५ पटक प्र. म. भए तर काम केही गरेकाे छैन । विकृति जति यिनकै पालामा भित्रिएका छन् । अहिले पनि देश ठप्प छ । जनता पिडित छन् । यिनलाई मतलव छैन । रिसाउन, झाेक्किन मात्र आउँछ यिनलाई । अहिले दाम कमाउने र पद ओगटेर बस्ने काम मात्र गर्दैछन् यिनले । यिनका सहयाेगी प्रचण्ड, माधवले पनि यिनलाई अगाडि लगाएर कमाउन पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर