बागमती सभ्यताका कर्मचारीमाथि मुक्का प्रहार गर्ने सुन मुन्द्रेमाथि ज्यान मार्ने उद्योगको कसुर – Nepal Press

बागमती सभ्यताका कर्मचारीमाथि मुक्का प्रहार गर्ने सुन मुन्द्रेमाथि ज्यान मार्ने उद्योगको कसुर

काठमाडौं। बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारीमाथि हातपात भएको छ । फोहोरको अनुगमन गर्ने क्रममा बलराम श्रेष्ठमाथि ठेकेदार सुवास घिसिङले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

फोहोरको विषयलाई लिएर घिसिङले सोमबार दिउँसो हातपात भएको थियो । सुन मुन्द्रे नामले समेत चिनिने गरेका घिसिङलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर