दुईजना ब्रेन डेथ बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण – Nepal Press

दुईजना ब्रेन डेथ बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुईजना ब्रेन डेथ बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक कदम हो ।

यस सफल प्रत्यारोपणसँगै मानव अंगहरूको अभावलाई सम्बोधन गर्न सुँगुरका अंग प्रयोग गर्ने दीर्घकालीन लक्ष्यको एक कदमनजिक पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । शल्यक्रियापछिका दिनमा मुटुले सामान्य काम गरेको चिकित्सकहरूई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

जुन र जुलाईमा तीन दिनको प्रयोगमा अस्वीकारको कुनै संकेत नदेखिएको उनीहरूले बताएका छन् । यही मार्चमा एक ६७ वर्षीय पुरुषको हृदय रोगका कारण मृत्यु भएका थियो । मृत्यु हुनु दुई महिनाअघि उनले आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्राप्त गर्ने पहिलो व्यक्तिको रूपमा इतिहास बनाएका थिए । उनको मेरील्याण्ड विश्वविद्यालयमा शल्यक्रियामार्फत सुँगुरको मुटु प्रत्यारोपण भएको थियो ।

एनवाईयू लेंगोन इन्स्टिच्युटका मुटु प्रत्यारोपण सर्जिकल निर्देशक नादेर मोआजामीले प्रक्रियाको निरीक्षण गरेका छन् । इन्स्टिच्युटले भविष्यमा अंगहरूको प्रयोग गरेर क्लिनिकल परीक्षणसहित अगाडि बढ्ने आशा राखेको उनले बताए ।

एक विज्ञप्तिमा उनले भनेका छन्, ‘ मुटुको कार्य उत्कृष्ट थियो भनी बताउन पाउँदा मलाई खुसी लागेको छ । हामीले प्रत्यारोपणको समयमा केही प्राविधिक शल्यचिकित्सा परिमार्जन गर्नुपर्‍यो । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर