नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा आएको नाम मेरो हैन : गभर्नर महाप्रसाद अधिकारी – Nepal Press

नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा आएको नाम मेरो हैन : गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेकपा एमालेको नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा आएको नाम आफ्नो नभएको बताएका छन् ।

गभर्नरले भने, ‘मेरो नाम कुनै एउटा पार्टीसँग जोडिएर आएको भन्ने कुरामा कुनै सत्यता छैन । म कुनै पार्टीसँग जोडिएको पनि छैन ।’

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा अधिकारीको नाम समेटिएको भन्दै हल्ला हुन थालेपछि गभर्नर अधिकारीले नेपाल प्रेससँग सो कुरा बताएका हुन् ।

एमाले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोस्रो नम्बरमा एम अधिकारी भनेर राखिएको छ । तर एम अधिकारीलाई महाप्रसाद अधिकारी भनेर चर्चा सुरु भएको छ ।

यता, नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको अर्थ तथा योजना विभागको सदस्यमा उल्लेखित एम अधिकारी अर्कै व्यक्ति रहेको भन्दै गभर्नर अधिकारी एमालेसँग कहिल्यै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर