देउवालाई रामचन्द्रको आग्रह- ओलीले बोकाएको अधिनायकवादको अस्त्र फाल्नुस् – Nepal Press

देउवालाई रामचन्द्रको आग्रह- ओलीले बोकाएको अधिनायकवादको अस्त्र फाल्नुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली प्रवृत्ति त्याग्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा आफूले राखेका कुरा पत्रकारलाई सुनाउँदै वरिष्ठ नेता पौडेलले ओलीकै बाटोमा नहिँड्न आफूले आग्रह गरेको बताए ।

ओलीले आफू अधिनायकवादी बन्न जुन जुन निकायहरू प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए ती अहिले पनि देउवाले आफूसँगै राखेको भन्दै पौडेलले तत्काल फिर्ता गर्न सुझाव दिएका हुन् । जुन आरोप ओलीमाथि लगाइएको थियो त्यो देउवा पनि त्यही आरोपको भागिदार बन्न नहुने उनको भनाइ थियो ।

पौडेलले गठबन्धन आवश्यक रहेको भन्दै चुनावमा गठबन्धन गरेरै ओलीविरुद्ध जानुपर्ने बताएका छन् ।

त्यस्तै उनले भातृ संगठनलाई पूर्णता दिइनुपर्ने बताएका छन् । उनले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न समेत आग्रह गरेको बताए ।


प्रतिक्रिया

One thought on “देउवालाई रामचन्द्रको आग्रह- ओलीले बोकाएको अधिनायकवादको अस्त्र फाल्नुस्

  1. होइन यो मान्छे अझै राजनितिकरूपमा क्रियाशिल छ र ? यी त महाधिवेनसंगै अवशान भए जस्तो लाग्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर