त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयमा विद्यार्थीहरूको प्रदर्शन – Nepal Press

त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । विद्यार्थीहरूले मङ्गलवार त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयमा प्रदर्शन गरेका छन् । विश्वविद्यालयले परीक्षामा निरन्तर लापरबाही गरेको भन्दै उनीहरूले डीनको राजीनामा समेत मागेका छन् ।

बीबीए छैटौँ सेमेस्टरको परीक्षामा निरन्तर त्रुटि पाइएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहाभियर विषयको प्रश्न पत्र मोर्डन नेपाल कलेजको ‘प्रि–बोर्ड’ परीक्षाको प्रश्न पत्रसँग हुबहु मिल्न गएको पाइएको थियो ।

त्यस्तै, अर्को दिन पाँचौँ सेमेस्टरमा सोधिएको ‘सोसियोलोजी’को प्रश्न ‘नेपालिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयकै लेटर हेडमा दोहोर्‍याएको थियो । यस विषयमा डिन कार्यालयले विज्ञप्ति निकालेर दोषी प्राध्यापकलाई कारबाही गर्ने बताइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *