कांग्रेस बैठकमा राजनीतिक नेतृत्वको सेवा सुविधा कटौतीको प्रस्ताव – Nepal Press

कांग्रेस बैठकमा राजनीतिक नेतृत्वको सेवा सुविधा कटौतीको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले देशको अर्थतन्त्रलाई जोगाउन आर्थिक अवस्था नसुध्रिदासम्म राजनीतिक नेतृत्वले लिँदै आएका सेवासुविधा कटौतीको प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्रो आर्थिक अवस्था नसुध्रिदासम्म स्थानीय तहदेखि संघीयसरकारसम्म राजनीतक नेतृत्वलाई दिइने अनावश्यक सुविधाहरुमा कटौति गरौं,’ उनले भन,‘गठबन्धनका दलहरूको फिरन्ते आर्थिक नीतिको पछाडि नलागि समयमै काग्रेसले देश र जनताको दिर्घकालिन हितका लागि फजुल खर्च रोकौं, बजेट समयमा र उपयोगमुकल तरिकाले खर्च गरौं ।’

उनले प्रदेश र स्थानीय तहमा काग्रेसका सरकारहरु र जनप्रतिनिधिहरू भएका ठाँउमा बजेट बनाउँदा र खर्च गर्दा आर्थिक गतिविधि बढाउने आयोजनाहरुमा मात्र खर्च गर्न र फजुल खर्च नगर्न कांग्रेसका जनप्रतिनिधिहरूलाई केन्द्रबाटै निर्देशन दिनुपर्ने बताएका छन् ।

यस्तै संकटोन्मुख अर्थतन्त्रका बीच सरकारले महंगा हातहतियारदेखी हेलिकप्टर खरिद गर्ने भन्ने विषयमा आइरहेको समाचारहरूका विषयमा ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर