श्रीलङ्काका राष्ट्रपतिका भाइको देश छोडेर भाग्ने प्रयास असफल – Nepal Press

श्रीलङ्काका राष्ट्रपतिका भाइको देश छोडेर भाग्ने प्रयास असफल

काठमाडौं । चरम आर्थिक संकट भोगिरहेको श्रीलङ्काका राष्ट्रपतिका भाइ बासिल राजापाक्षेको देश छोडेर भाग्ने प्रयास असफल भएको छ ।

बासिल सोमबार अमेरिका जानको लागि विमानस्थल पुगेका थिए। यद्यपि एयरपोर्टका कर्मचारीहरूले विरोध जनाए पश्चात् उनी देश बाहिर जान भने पाएनन् ।

मिडिया रिपोर्टमा उल्लेख भए अनुसार उनले अमेरिकाको लागि चार जनाको बिजनेस क्लासको टिकट काटेका थिए जसको मूल्य लगभग सवा एक करोड श्रीलंकन रुपैयाँ रहेका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *