फुट नचाहेको प्रष्ट्याउँदै महिन्द्रले भने- वीरगञ्जको बैठकमा असुरक्षित लागेर जान सकेनौं (भिडिओ) – Nepal Press

फुट नचाहेको प्रष्ट्याउँदै महिन्द्रले भने- वीरगञ्जको बैठकमा असुरक्षित लागेर जान सकेनौं (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवं पूर्वमन्त्री महिन्द्रराय यादवले आफ्नो समूहले विभाजन नचाहेको बताएका छन् । बाबुराम भट्टराई पक्षीय भेलामा बोल्दै उनले आफूहरूको तर्फबाट विभाजनको रेखा नकोरिने प्रष्ट्याए ।

‘हामीले विभाजन चाहेका छैनौं, तर उहाँ (कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूह) हरूले पनि सोच्नुपर्‍यो,’ उनले भने, ‘उहाँहरूले सोच्नुभएन भने जिम्मेवारी उहाँको हुन्छ । हाम्रो तर्फबाट विभाजनको रेखा पनि कोरिँदैन ।’

वीरगञ्जमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा आफूहरूले असुरक्षित महसुस गरेकाले जान नसकेको बताए । उनले भने,‘हामी जान तयार थियौं । तर, हामीलाई बाइपास गरियो । छलफल नगरेर त्यो बैठक हामीलाई असुरक्षित अनुभव भयो ।’

त्यहाँ गएर आफूहरूविरुद्ध नाराजुलुस हुने स्थिति भएका कारण आफूहरू जान नसक्ने स्थिति बनेको उनले बताए । ‘त्यसकारण यो बैठक यहाँ आयोजना गरिएको हो,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर