बाबुराम पक्षका नेता यादव भन्छन्- हामी पार्टी फोड्ने पक्षमा छैनौं (भिडिओ) – Nepal Press

बाबुराम पक्षका नेता यादव भन्छन्- हामी पार्टी फोड्ने पक्षमा छैनौं (भिडिओ)

काठमाडौं । जनता समाजवादीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रमेशप्रसाद यादवले आफूहरू पार्टी फोड्ने पक्षमा नरहेको बताएका छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले आज काठमाडौंको जडिबुटीमा आयोजित केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

‘हामी पार्टी फोड्न अगाडि बढेका छैनौं । हामी त पार्टी जोड्ने हो,’ उनले भने,‘जसले गुटको बैठक बसेर, कार्यकर्ताको घरमा पुगेर, कहिल्यै जनकपुर, कहिल्यै वीरगञ्जमा बैठक गर्दैछन् । उनैले पार्टी फोड्दैछन् ।’

पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एकल तानाशाही प्रवृत्तिले पार्टी चलाउन खोजेपछि यस्तो अवस्था आएको उनले दाबी गरे । उनले भने, ‘एकल तानाशाही राजशाही तरिका अगाडि बढ्नुभयो । हाम्रो सुझाव उहाँले मान्नुभएन । एकल नेतृत्व खोज्नुभो । त्यही भएर यस्तो अवस्था आयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर