जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म ३४ केन्द्रीय सदस्य पुगे (तस्बिरहरू) – Nepal Press

जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म ३४ केन्द्रीय सदस्य पुगे (तस्बिरहरू)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ । आज पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अलग-अलग भेलाको आयोजना गरेका छन् । योसँगै पार्टी फुटको औपचारिक कदम सुरू भएको हो ।

अहिले संघीय परिषद् अध्यक्ष भट्टराई पक्षधरको भेला जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा भइरहेको छ । जहाँ अध्यक्ष भट्टराई पुगिसकेका छन् ।

हालसम्म सो भेलामा केन्द्रीय निकायका १८ जना, केन्द्रीय समितिका ३४ जना, संघीय परिषद्का ३२ जना सदस्य भट्टराई पक्षको भेलामा सहभागी भइसकेका छन् । जसपाको केन्द्रीय कमिटी करिब ५ सय रहेको बताइएको छ ।

यस्तै बाँकी पनि आउनेक्रम निरन्तर छ ।

तस्बिरहरू : गौरव पौडेल । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर