सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर, ६०० बढीले लिए स्वास्थ्य सेवा – Nepal Press

सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर, ६०० बढीले लिए स्वास्थ्य सेवा

काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरेको छ । बैंकले अत्तरिया तथा चुरे शाखाको र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निःशुल्क आँखा चेकजाँच शिविर गरिएको छ ।

एकदिने शिविरमा ४०० भन्दा बढीले निःशुल्क आँखा चेकजाँच गराएका थिए भने औषधि तथा निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । बैंकिङ सेवाका अतिरिक्त सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले सो कार्यक्रम आयोजना गरेको हो ।

शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई निःशुल्क शल्यक्रियासमेत गरिने जानकारी दिएको छ । स्थानीय व्यक्तिहरुलाई सेवा दिने उद्देश्यले बैंकले गाउँमै निःशुल्क आँखा चेकजाँच कार्यक्रम आयोजना गरिदिएकोमा स्थानीयहरु खुशी भएका छन् ।

यसैगरी बैंकले बिर्तामोड शाखाको आयोजना तथा दृष्टि आँखा अस्पताल बिर्तामोडको सहकार्यमा अर्जुनधारा नगरपालिका वडा नं ३ कार्यालय परिसर खुदुनाबारीमा एकदिने निःशुल्क आँखा तथा कान परीक्षण शिविर गरेको छ ।

सो शिविरमा सहभागी २८० जनाको निःशुल्क आँखा तथा कान परीक्षण गर्नुका साथै चस्मा र औषधि निःशुल्क प्रदान गरिएको थियो । उक्त कार्यक्रममा मोतिबिन्दु देखिएका १४ जनालाई निःशुल्क शल्यक्रियासमेत गरिने बिर्तामोड शाखाका प्रमुख गणेशकुमार गुरागाईंले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर