लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व – Nepal Press

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

रुपन्देही ।लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघको ११ औं अधिवेशनले अजयकुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

यसअघि गुप्ताले महासचिवको जिम्मेवारी सम्हालिरहेका थिए । गुप्ताको नेतृत्वमा आगामी ३ वर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार आश्वानी, प्रथम उपाध्यक्ष अजय अधिकारी, द्वितीय उपाध्यक्ष मिन बहादुर पुन, महासचिवमा दीपक पौडेल, सचिवमा बाबुराम पाठक र कोषाध्यक्षमा विक्रमरत्न बज्राचार्य निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा जगतकृष्ण कार्की, दिलिप गौचन, चक्रपाणी तिवारी, मुक्ति बस्याल, धनपति पौडेल, गोकर्ण खड्का, सुरेन्द्र बरई र पियुष आश्वानी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनले सुरजमान श्रेष्ठको संयोजकत्वमा लेखा समिति निर्वाचित गरेको छ । जसको सदस्यमा गुलाब चन्द्र गुप्ता र विकास मिश्र रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर