पहिलो ब्रह्माण्डको रंगिन तस्बिर सार्वजनिक – Nepal Press

पहिलो ब्रह्माण्डको रंगिन तस्बिर सार्वजनिक

काठमाडौं । पहिलो ब्रह्माण्डको रंगिन तस्बिर सार्वजनिक भएको छ । सोमबार नासाको जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो तस्विर सार्वजनिक भएको हो ।

यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य मानिएको छ ।जसमा आकाशगंगाहरूबाट आएको प्रकाशले हामीसम्म पुग्न अरबौं वर्ष लगाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङ्गका क्रममा तस्बिर देखाइएको थियो । ‘यी तस्बिरहरूले संसारलाई अमेरिकाले ठूला कामहरू गर्न सक्छ भनेर सम्झाउने छ, र अमेरिकी जनतालाई ( विशेष गरी हाम्रा बच्चाहरूलाई ) हाम्रो क्षमता भन्दा बाहिर केहि छैन भनेर सम्झाउने छ,’ राष्ट्रपति बाडेनले टिप्पणी भने।

जेम्स वेबका थप डेब्यु तस्विरहरू नासाले मंगलबार विश्वव्यापी प्रस्तुतिमा सार्वजनिक गर्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर