नेपाल प्रहरीको दावी: हातहतियार अपर्याप्त भएकाले खरिद गर्न लागिएको हो – Nepal Press

नेपाल प्रहरीको दावी: हातहतियार अपर्याप्त भएकाले खरिद गर्न लागिएको हो

काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि संगठनले हातहतियारको अभावको समस्या झेल्दै आएकाले खरिद गर्न लागिएको बताएको छ ।

सरकारबाट हात-हतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक हात-हतियार खरिद गर्ने प्रकृयामा रहेको प्रहरीले बताएको हो ।

आर्थिक संकटको बेला प्रहरीले हतियार खरिद गर्न लागेको भन्दै आलोचना भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै प्रष्टिकरण दिएको हो।

सात वर्ष भन्दा लामो समयदेखि प्रहरीलाई अत्यावश्यक रहेको हात-हतियार खरिद नभएकोले  प्रहरीले आवश्यक हात- हतियारको चरम अभाव झेल्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

साथै आगामी संघ तथा प्रदेश सभाको निर्वाचनको लागि पनि हात९हतियार अति आवश्यक भएकाले खरिद गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

समय समयमा जनधनको क्षति हुने, शान्ति र अमन९चयन खलबल्याउने प्रकृतिका दंगा फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभूति दिलाउन प्रयोग हुँदै आएको कम घातक हातहतियार, छोटो दुरीको पेस्तोल, सर्टगन र ग्याँस सेलहरूको आवश्यकता रहेको विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘मौजुदा हात९हतियारहरु खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, विग्रने र मिति समाप्त हुने हात९हतियारलाई क्रमशः विस्थापन गरी प्रयोग मिति समाप्त भएका ग्याँस सेलको प्रयोगमा उठ्न सक्ने प्रश्न चिन्ह समेतको आधारमा अत्यावश्यक ग्याँस सेल खरिद, व्यक्तिगत सुरक्षामा प्रयोग हुने साना हतियार र भीड नियन्त्रणमा समेत प्रयोगमा आउने कम जोखिमयुक्त हात९हतियार खरिद अत्यावश्यक रहेको छ।’

राज्यको सीमित श्रोत९साधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामाग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै खरिद प्रकृया हुने दावी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर