नामिबियाले नेपाललाई दियो २ सय २१ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट – Nepal Press

नामिबियाले नेपाललाई दियो २ सय २१ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड जारी त्रिदेशीय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनको योगफल तयार गर्‍यो ।

नामिबियाका लागि जान निकोन लोफ्टि एटनले सर्वाधिक ६० रनको योगदान गरे ।

डिभान लाकक ४१ रनको योगदान गरेर पभेलियन फर्किएका थिए । रेईग विलियम्स २१ रन, लो हेन्ड्रे लोउरेन्स १८ रन, जेरार्ड ईरास्मस २२ रन, जे जे स्मिथ १७ रन र डेभिड वाइसले १८ रन जोडे ।

नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

सोमपाल कामी दुई तथा करण केसी, बसिर अहमद र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *