धोबिखोलामा फोहोर फाल्नेबाट २५ हजार जरिवाना असुल – Nepal Press

धोबिखोलामा फोहोर फाल्नेबाट २५ हजार जरिवाना असुल

काठमाडौं । धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ ।

फोहोर फालेबापत सो प्रालीले महानगरलाई २५ हजार जरिवाना तिरेको हो ।

जरिवाना तिराएपछि महानगरका मेयर बालेन्द्र शाहले यस्ता कार्यहरू आगामी दिन नदोहोर्‍याउन आग्रह गरेका छन् ।

उनले यस्तो कामहरू भइरहेको खण्डमा सार्वजनिक रूपमा ध्यानाकर्षण गराउन पनि आग्रह गरेका छन् र

कुनै पनि अवाञ्छित कार्यहरू कसैले नगर्न र गरेको पाइए त्यसप्रति चनाखो हुने पनि उनले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर