वाम गठबन्धनका सम्बन्धमा अध्यक्ष ओली: नक्कली बिहे गरेर सक्कली डिभोर्स एमालेले गर्दैन (भिडिओ) – Nepal Press

वाम गठबन्धनका सम्बन्धमा अध्यक्ष ओली: नक्कली बिहे गरेर सक्कली डिभोर्स एमालेले गर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताएका छन् । गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि नठान्ने उनको भनाइ छ ।

आज सम्पादकहरुसँग अन्तरक्रियामा ओलीले एमालेको मुख्य एजेन्डा देशमा सुशासन ल्याउने र लोकतान्त्रिक अभ्यासतिर फर्किने रहेको उल्लेख गरे ।

उनले भने, ‘मैले गठबन्धन चलाएर हेरेको छु । गठबन्धनका लागि गठबन्धन बनाउने पक्षमा छैन । परिस्थितिमा परिवर्तन मुख्य कुरा हो ।’

ओलीले पटक–पटक विवाह र डिभोर्स हुने प्रवृत्ति समाजमा देखिएको भन्दै यसलाई गठबन्धन निर्माणसँग तुलना गरे । उनले भने, ‘किन पटकपटक विवाह र डिभोर्स हुन्छ ? किनकि त्यो विवाह साँचो थिएन । डिभोर्स साँचो थियो । एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार गर्दैन ।’

उनले सरकारमा पुग्नुमात्रै सबकुछ नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर