तीज सुरु नहुँदै भागीरथ चलाउनेको ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङकाे पहिलाे नम्बरमा (भिडिओ) – Nepal Press

तीज सुरु नहुँदै भागीरथ चलाउनेको ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङकाे पहिलाे नम्बरमा (भिडिओ)

काठमाडौं । तीज आउन करीब डेढ महिना बाँकी रहे पनि युट्युबको बजारमा तीजको रौनक सुरु भएको छ । यस वर्षको तीज सुरु नहुँदै युट्युबमा तीज लक्षित गीत आउन थालेका छन् । युवा सर्जक तथा गायक भागीरथ चलाउनेको नयाँ तीज गीत ‘झमझम झुम्काना’ छोटो समयमै युट्युबमा सबैभन्दा चर्चाको शिखरमा पुगेको छ ।

४ दिनअघि मात्रै सार्वजनिक ‘झमझम झम्काना’ बोलको तीज गीतले दर्शकको मन जितेको छ । यो गीतको भिडिओले युट्युब ट्रेडिङको चार दिनमा नै पहिलाे स्थान ओगट्न सफल भएको छ । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । यसै गीतमा करीब एक लाखले टिकटकमा भिडियो पनि बनाइसकेको गायक चलाउनेको दाबी छ ।

गीतलाई युट्युबमा अहिलेसम्म ६ लाखले हेरिसकेका छन् । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । बोमबहादुर गाहा मगरले शब्द सिर्जना गरेका हुन् । गीतको लय भने गायक चलाउनेकै रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको गीतमा गायक चलाउने र चर्चित मोडल गीत ढुङ्गानाको अभिनय रहेको छ । म्युजिक भिडियोलाई राजेश घिमिरेले छायाँकन एवम् विष्णु शर्माले सम्पादन गरेका हुन् । गीत भागीरथ चलाउनेको व्युट्युब च्यानबाट सार्वजनिक भएको हो ।

गायक चलाउने र बुढा क्षेत्रीकाे योभन्दा अघि अघिल्लो वर्ष ‘थोपडाले धोका दियो बरिलै’ बोलको गीतले पनि चर्चा कमाएको थियो । उक्त गीत करिब ५० लाख दर्शकले हेरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर