कांग्रेस बैठक : गठबन्धनको समीक्षा गर्दै आगामी निर्वाचनको रणनीति बनाइने – Nepal Press

कांग्रेस बैठक : गठबन्धनको समीक्षा गर्दै आगामी निर्वाचनको रणनीति बनाइने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आम निर्वाचनको रणनीति तय हुने प्रवक्ता प्रकाश शरण महतले बताए ।

बैठकले गठबन्धन र स्थानीय निर्वाचनको समीक्षासँगै आगामी चुनावका लागि रणनीति तय गर्ने छ ।

बैठकमा अहिले सातै प्रदेशका सभापतिहरूले आफ्नो धारणा राखिरहेका छन् ।

यसै गरी पदाधिकारी बैठकको निर्णयअनुसार भ्रातृ र शुभेच्छुक संस्थाको आबद्धताका लागि परेका निवेदनहरूमाथि पनि बैठकमा छलफल हुने उनले बताए ।

प्रवक्ता महतले सरकार गठन भएको एक वर्ष पुगेको विषय पनि समीक्षा र छलफलको विषय हुने उनले बताए ।

अहिलेसम्म पूर्ण नपाएका भ्रातृ सङ्गठनहरू, विभागहरूको बारेमा पनि छलफल गरी निर्णय हुन सक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर