नेप्से उच्च अंकले गिरावट – Nepal Press

नेप्से उच्च अंकले गिरावट

काठमाडौं । आज नेप्से उच्च अंकले घटेको छ । सेयर बजार ७७.०१ अंकले घट्दा नेप्से परिसूचक १९१५.६१ अंकमा आएको छ ।

२ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको आज सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीको आज ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

२ सय २७ वटा कम्पनी मध्ये ६ वटा मात्रै कम्पनीको सेयर मूल्य सामान्य अंकले वृद्धि भएको छ । आज सानिमा बैंकको ऋणपत्र २ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ११ करोड ४ लाख बराबरको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर