कर्णालीका अर्थमन्त्री अस्पताल भर्ना – Nepal Press

कर्णालीका अर्थमन्त्री अस्पताल भर्ना

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी परेका छन् ।

हिजोदेखि पेट दुखेपछि विष्ट वीरेन्द्नगरस्थित कर्णाली केयरमा भर्ना भएका थिए । रगतमा बोसोको मात्रा धेरै देखिएपछि थप उपचारका लागि उनलाई बुद्ध एअरको जहाजबाट काठमाडौं लगिएको हो ।

उपचारमा संलग्न डाक्टर उज्वल अर्यालका अनुसार रगतमा बोसोको मात्रा अत्यधिक देखिनुका साथै श्वासप्रस्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाडौं पठाइएको हो ।

प्रमुख स्वकीय सचिव गोविन्द तिमिल्सेनाका अनुसार मन्त्री विष्ट हाल काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत् छन । ‘उहाँको पेटमा इन्फेक्सन भएको सीटी स्क्यानबाट देखिएको छ । डाक्टरले आईसीयूमा भर्ना गर्नुपर्ने बताएका छन् ।’

कर्णाली प्रदेशसभामा आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर