सानेपा : बाहिर कार्यकर्ताको प्रदर्शन, भित्र कांग्रेस केन्द्रीय समिति बैठक – Nepal Press

सानेपा : बाहिर कार्यकर्ताको प्रदर्शन, भित्र कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरू भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा विभिन्न १३ भ्रातृ तथा शुभेच्छुक संस्थाबारे छलफल हुने बताइएको छ । त्यस्तै मान्यता दिने प्रस्ताव पेस हुनेछ ।

आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । केन्द्रीय समिति बैठक बसिरहेको बेला पार्टी कार्यालय बाहिर भने शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, कांग्रेसका मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीले बल प्रयोगसमेत गरेको थियो ।

पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् ।

भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता मागसहित नेविसंघ, तरुण दललगायतका युवाहरू विरोध प्रदर्शन गरिरहेका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहरूको मुख्य माग छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर