ज्योति शर्माको नेतृत्वमा प्रवासी नेपाली मञ्च इजरायलको कार्यसमिति चयन – Nepal Press

ज्योति शर्माको नेतृत्वमा प्रवासी नेपाली मञ्च इजरायलको कार्यसमिति चयन

इजरायल । ज्योति शर्माको नेतृत्वमा प्रवासी नेपाली मञ्च इजरायलको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्ष गीता सुवेदी,सचिव मिना चुडाल ,उपसचिव पायल कटुवाल,उपसचिव शीब राज खड्का,आर्थिक विभाग प्रमुख पार्बती केसी , महिला बिभाग प्रमुख ठुली चन्द्राकला कोयि राई,यूवा संयोजक धीरंद्र कुमार (समिर) प्रधान, सांस्कृतिक बिभाग प्रमुख नवराज वली ,प्रचार तथा प्रकासन विभाग प्रमुख रमेश जोशी,सदस्यहरु अना तिमल्सिना, नरेन्द्र लामिछाने,जानु जिसि,गोबिन्द राजथला,रश्मि राई, ईन्दिरा केसी ,गोमा उप्रेती, सिता कोइराला, इबाकार्की,कबिता श्रेष्ठ ,जानुका चापागाई, पबित्रा भण्डारी चयन भएको नवनिर्वाचित उपसचिव शिवराज खड्काले जानकारी दिए ।

गत शुक्रबार जूम भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको थियो । उद्घाटन सत्र जुम भर्चुअलमा थियो भने बन्दसत्र तेलभिबको इबा होटलमा रहेको थियो ।

अधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराई,प्रतिनिधी सभा सदस्य यूवा इन्चार्ज महेश बस्नेत ,प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ र सचिव रमेश पाण्डे, प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार प्रमुख संजय थापा लगायत विभिन्न क्षेत्रका इन्चार्चहरु राष्ट्रिय कमिटीका अध्यक्षहरुको सहभागीता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर