महिला युरो २०२२ः गायोरोको ह्याट्रिकमा फ्रान्सको जित, बेल्जियम र आइसल्यान्डको बराबरी – Nepal Press

महिला युरो २०२२ः गायोरोको ह्याट्रिकमा फ्रान्सको जित, बेल्जियम र आइसल्यान्डको बराबरी

काठमाडौं । ग्रेस गायोरोको ह्याट्रिक प्रेरित महिला युरो कप २०२२ मा फ्रान्सले इटालीविरुद्ध ५–१ गोलको नतिजामा जित निकालेको छ ।

आइतबार राति न्यूयोर्क स्टेडियममा सम्पन्न समूह‘डी’ को खेलमा फ्रान्सको जितमा गायरोले ह्याट्रिक गरिन् । भने, मारिई एन्टोइनेट्टि काटोटो र डेलफिन कासकरिनोले एक एक गोल गरे ।

इटालीका लागि मार्टिना पिमोन्तेले सान्त्वना गोल गरिन् । खेलको नवौं मिनेटमा काटोटोले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसको तीन मिनेट नबित्दै काटोटोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारिन् ।

इटालीमाथि हावि भएको फ्रान्सका लागि ३८औं मिनेटमा कासकरिनोले तेस्रो गोल गरिन् । त्यसको दुई मिनेट नबित्दै गायरोले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् । गायरोले ४५औं मिनेटमा ह्याट्रिक पुरा गर्दै फ्रान्सको स्कोर ५ बनाएकी थिइन् ।

पहिलो हाफमै ५–० को अग्रता बनाएको फ्रान्सलै त्यहि अग्रतालाई जोगाई राखेर इटाली विरुद्ध सहज जित निकाल्यो । इटालीका लागि ७६औं मिनेटमा पिमोन्तेले एक मात्रै गोल गर्न सफल भइन् । उनको गोल इटालीको जितका लागि पर्याप्त बन्न सकेन ।

यस्तै, समूह‘बी’ अन्र्तगतको दोस्रो खेलमा बेल्जियम र आईसल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । म्यान्चेस्टर सिटी एकेडेमी स्टेडियममा सम्पन्न खेलमा बरग्लिन्ड वियोर्गले ५०औं मिनेटमा गरेको गोलमा आइसल्यान्डले अग्रता लिएको थियो । अग्रता बचाइराख्न नसक्दा आइसल्यान्डले अंक बाँड्नु परेको हो ।

बेल्जियमका लागि ६७औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जस्टिन भानहाभरमेर्टले बराबरी गोल फर्काएकी थिइन् । समूह‘डी’मा जितसँगै तीन अंक जोडेको फ्रान्स शिर्ष स्थानमा छ । आईसल्यान्ड र बेल्जियम समान १ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । इटाली जित बिहिन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *