विध ल्याबको मुद्दामा अख्तियारलाई कारण देखाऊ आदेश जारी – Nepal Press

विध ल्याबको मुद्दामा अख्तियारलाई कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले विध ल्याबका सञ्चालकका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले आयोगसहित नेपाल राष्ट्र बैठक तथा विशेष अदालतलाई १५ दिन भित्र लिखित जवाफसहित कारण देखाऊ आदेश जारी गरेको हो ।

भिमकान्त भण्डारी र उनी संलग्न विध म्यानेजमेन्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जागिर छाडेको १८ महिनापछिको व्यावसायिक जीवनमा छानबिन गरी व्यापार व्यवसाय गर्न असर परेको, कृषकको लागि आवश्यक पर्ने युरिया मलमा असहज भएको भन्दै अख्तियार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

भण्डारीले सञ्चालन गरेका कम्पनीबाट एडभान्स तथा ऋण लिई अन्य कम्पनीमा लगानी गरेको विषयमा अख्तियारले आफ्नो क्षेत्राधिकार बाहिर गई कम्पनी ऐन २०६३ को दफा ९९ तथा दफा १०१ कार्यान्वयन नगरेको भन्दै भण्डारीविरुद्ध विशेष अदालतमा असार २ गते आरोप पत्र दायर गरेको थियो ।

आरोप पत्र दायर गरेपछि कारोबार तथा व्यवसायमा असर परेको भन्दै भण्डारी संलग्न भएको विध म्यानेजमेन्टले अख्तियारलाई प्रस्टाई मागेको थियो ।

त्यसको जवाफसम्म अख्तियारले नदिएको सर्वोच्च अदालतले कारण देखाऊ आदेशमा उल्लेख गरेको छ ।

यसले गर्दा भण्डारी संलग्न भएको विध म्यानेजमेन्ट प्राली युरिया आयतमा समेत असहज भएको कारण देखाऊ आदेशमा भनिएको छ ।

अख्तियारले भण्डारी सार्वजनिक सेवाबाट राजीनामा दिई अवकाश लिएको समयमा भण्डारीसँग २५ लाख बचत भएको आफै स्वीकारेको पनि जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *