श्रीलंकाबाट चेतौं, नेताका नामका ट्रष्टमा राज्यकोषको बजेट नहालौंः उपसभापति गुरुङ – Nepal Press

श्रीलंकाबाट चेतौं, नेताका नामका ट्रष्टमा राज्यकोषको बजेट नहालौंः उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रष्टमा राज्यकोषको बजेट हाल्न नहुने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले आफूले विगतदेखि नै यस्तो विषय उठाउँदै आएकाले श्रीलंकाबाट नेपाली नेताको चेत खुल्नुपर्ने औंल्याए ।

‘सुशिल कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समिति बैठकमा भनेको थिएँ- नेताहरूको नाममा खोलेको ट्रष्ट-फाउन्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ । यो भ्रष्टाचार हो । रोक्नु पर्छ,’ उनले लेखेका छन्, ‘तर, यो प्रवृत्ति झनै बढेको छ । श्रीलंकाको घटनाबाट अचेत नेताहरूको चेत खुलोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर