देउवा र प्रचण्ड लक्षित रिजालको टिप्पणी: परिवारवाद मोह राजापाक्षे पथकै अनुकरण – Nepal Press

देउवा र प्रचण्ड लक्षित रिजालको टिप्पणी: परिवारवाद मोह राजापाक्षे पथकै अनुकरण

सुर्खेत । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राजनीतिमा परिवारवादको मोहका कारण नेपालका सत्तारुढ दलका नेताहरूले देशलाई श्रीलंकाको बाटोमा डोर्‍याइरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा नातावाद, कृपावाद र परिवारवादले नेपाललाई श्रीलंका बनाउने देखिएको उल्लेख गरेका छन् ।

‘नातावाद, कृपावाद र परिवारवादले अन्ततः श्रीलंका बनाउने हो ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, रक्षामन्त्री सबै पद परिवारमै राखेको राजापाक्षे परिवारले आज श्रीलंकालाई जहाँ पुर्‍याएको छ, त्यसैको परिणामस्वरुप राष्ट्रपति भाग्नुपरेको छ, प्रधानमन्त्रीको घरमा जनताले आगो लगाएका छन् । देश पूरै ठप्प छ । कुनै बेला दक्षिण एसियामा सवै मानव विकास सूचकांकमा अघि रहेको श्रीलंका आज टाट पल्टेर संसारसँग भीख मागिरहेको छ ।’

प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै रिजालले भनेका छन्, ‘नेपालमा पनि केही पार्टीका नेताहरूमा देखिएको परिवारवादको मोहले तिनीहरुलाई पनि श्रीलंकाकै नियतिबाहेक अन्यत्र लैजाने ठाउँ छैन । भाइ, छोरी-ज्वाइँलाई पोलिट्ब्युरो, सांसद, मेयर, छोरालाई स्यानिटरी प्याडको जिम्मा, श्रीमतीलाई व्यापारी डिल गर्ने जिम्मेवारी- नेपाली राजनीतिमा राजापाक्षे-पथकै अनुकरण हो, जसबाट क्रमशः मुलुक खोक्रो हुन्छ, परिवार मोटाउँछ र अन्ततः राजनीतिमा राजापाक्षे परिवारकै नियति भोग्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर