बुढीगंगा अपडेट : अन्तिम दुई वडाको मतगणना जारी, एमालेको अग्रता कायमै – Nepal Press

बुढीगंगा अपडेट : अन्तिम दुई वडाको मतगणना जारी, एमालेको अग्रता कायमै

कैलाली । बाजुराको बुढीगंगामा अन्तिम दुई वटा वडाको मत गणना भइरहेको छ । प्रमुख उपप्रमुखमा अहिलेसम्म एमालेको अग्रता कायमै रहेको गणनामा संलग्न कर्मचारीले बताएका छन् ।

वडा नम्बर ६ को २ सय मत गन्दा प्रमुखमा एमाले ११५ र कांग्रेसले ८१ मत प्राप्त गरेको छ । त्यस्तै उपप्रमुखमा पनि एमालेका अग्रता छ । उपप्रमुखमा एमाले उम्मेदवारले १२६ मत पाउँदा कांग्रेस उम्मेदवारले ७१ मत पाएकी छन् । वडाध्यक्षमा एमाले उम्मेदवारले १०४ मत पाउँदा कांग्रेसले ९१ मत पाएका छन् ।

यता वडा नम्बर ५ को पनि २ सयको परिणाम सार्वजनिक भएको छ । २ सयमा एमालेले ११३ मत पाउँदा प्रमुखमा कांग्रेसले ८३ मत पाएको छ । त्यस्तै उपप्रमुखमा एमालेले १२४ मत पाउँदा कांग्रेसले ७१ मत पाएको छ । वडाध्यक्षमा एमाले उम्मेदवारले १२४ मत पाउँदा कांग्रेस उम्मेदवारले ७३ मत पाएका छन् ।

वडा नम्बर ५ मा ८१८ र ६ मा ७८९ मत खसेको थियो ।

प्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र काङ्ग्रेसबाट रङ्गबहादुर खाती चुनावी मैदानमा छन् । त्यस्तै उपप्रमुखमा एमालेबाट मायाकुमारी खड्का र काङ्ग्रेसबाट रिता शाही मैदानमा छन् ।

अहिलेसम्म वडा नम्बर १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सकिएको छ । तीममध्ये तीनवटा वडा ४, ७ र ८ अध्यक्षमा कांग्रेस विजयी भएको छ भने ५ वटा वडा एमालेले जितेको छ ।

केही बेरमा दुई वडाको परिणाम सार्वजनिक भएसँगै मतगणना सम्पन्न हुनेछ ।

वैशाख ३० गतेको निर्वाचनमा धाँधली भएको निष्कर्षसहित निर्वाचन आयोगले यहाँ २३ असारमा पुन: मतदानको निर्णय गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर